Follow

Sunday, December 25, 2011

गजल ससुरा बा

नरितिदै अर्को प्याला भर्छु भन्छे ससुरा बा ।
म नपाए, तिम्री छोरी मर्छु भन्छे ससुरा बा । ।

आफ्नै काखमा खेली हुर्की बढायौ नि बुढेस कालमा
अब मेरै तिर बसाई, सर्छु भन्छे ससुरा बा ।

रानी बन मा गाई बस्तु चराउदा भेट हुन्थ्यो ।
पारी बस्थी अब बेशी झर्छु भन्छे ससुरा बा । ।

न सम्झाउदा लाग्छ हजुर न त गाली गर्दा मान्छे ।
यसै पाली घर जम, गर्छु भन्छे ससुरा बा । ।

लौन बाबा बिधाता हो , यिनलाई सत बुद्दी देउ ।
म सँग नै जीबन सागर तर्छु भन्छे ससुरा बा । ।
Add to Cart

0 comments:

Post a Comment

thanks for comment

एका एक यो दिल मा बज्रपात परे पछी पिडा भुल्न लेख्छु गजल चोखो माया मरे पछी ।।