Follow

Wednesday, March 20, 2013

फूल जस्तो जवानी त्यो

फूल जस्तो जवानी त्यो झुकाएर आयौ
यौवनको प्यासी मात चुकाएर आयौ

मदहोसी मै रसपान गरी अधरको
गुलाबी ओठको प्यास सुकाएर आयौ

चर्किएको छाती भित्र बल्झिएका ब्यथा
परेलिको डिल डिल लुकाएर आयौ

अस्तित्व पातमाथि भो इज्जतमा दागी
बेअर्थमा लाज सर्म फुकाएर आयौ


By--Prakat Pageni Shiva

Add to Cart More Info

तिम्रो कशम तिम्रै लागि

तिम्रो कशम तिम्रै लागि सीशा माथि नाची आएँ !
भोकाएकी बघिनी को खोर बाट बाँची आएँ !!


खोला तरे भिर झरे सिस्नो छोए काँडा टेकें !
बाटो छेक्ने लहरा र काउसो हाँगा भाची आएँ !!


पिरती को नशा चढ्दा दाँया बाँया केही देखिन्न !
भर्भराउदो आगो हेर छाती माथि टाँसी आएँ !!


तिम्रो माया ठुलो होकी बाधा अड्चन कस्ट ठुलो !
दुबै लाई कशी लगाइ निस्पक्ष भै जाँची आएँ !!


सबै जोडी भन्नु पर्दा माया ठुलो रैछ अन्ना !
तिम्रो कशम त्यही माया लाई मुटु भरी साँची आएँ!!



By--Prakat Pageni Shiva
Add to Cart More Info

हातमा समाइ उनलाई खोला

हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिकाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाइ भनेयस्तै मौका पार्नुको मज्जा बेग्लै थियो

कुन्नी कता के के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धीत मार्नुको मज्जा बेग्लै थियो

खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्कै
लुगा निचोरेर पानी झार्नुको मज्जा बेग्लै थियो ।


By--Prakat Pageni Shiva.
Add to Cart More Info

जुनेली को रात छ

जुनेली को रात छ अन्ना भावना को कुरा गरौ !
सम्झाउने र बिर्साउने चाहनाको कुरा गरौ !!


भोली भेट हुन्छ हुन्न नियती ले कता लान्छ !
छुटे पनि फेरी भेट्ने कामना को कुरा गरौ !!


दुनियाँ मा प्रिय लाग्ने मात्र एउटा पिरती हो !
पिरती लाई बचाउने साधना को कुरा गरौ !!


शान्त शान्त एकान्त छ एकान्त मा हामी दुई !
यतै कतै छेल पारेर बासना को कुरा गरौ !!


भोली फेरी दोबाटो मा भिजाउनु छ यि परेली !
बियोग को चोट खप्ने सामना को कुरा गरौ !!


By-- प्रणयबेद का आदरणिय दाई : Prakat Pageni Shiva
Add to Cart More Info
एका एक यो दिल मा बज्रपात परे पछी पिडा भुल्न लेख्छु गजल चोखो माया मरे पछी ।।