तिम्रो कशम तिम्रै लागि सीशा माथि नाची आएँ ! भोकाएकी बघिनी को खोर बाट बाँची आएँ !! खोला तरे भिर झरे सिस्नो छोए काँडा टेकें ! बाटो छेक्ने लहरा र काउसो हाँगा भाची आएँ !! पिरती को नशा चढ्दा दाँया बाँया केही देखिन्न ! भर्भराउदो आगो हेर छाती माथि टाँसी आएँ !! तिम्रो माया ठुलो होकी बाधा अड्चन कस्ट ठुलो ! दुबै लाई कशी लगाइ निस्पक्ष भै जाँची आएँ !! सबै जोडी भन्नु पर्दा माया ठुलो रैछ अन्ना ! तिम्रो कशम त्यही माया लाई मुटु भरी साँची आएँ!!
जुनेली को रात छ अन्ना भावना को कुरा गरौ ! सम्झाउने र बिर्साउने चाहनाको कुरा गरौ !! भोली भेट हुन्छ हुन्न नियती ले कता लान्छ ! छुटे पनि फेरी भेट्ने कामना को कुरा गरौ !! दुनियाँ मा प्रिय लाग्ने मात्र एउटा पिरती हो ! पिरती लाई बचाउने साधना को कुरा गरौ !! शान्त शान्त एकान्त छ एकान्त मा हामी दुई ! यतै कतै छेल पारेर बासना को कुरा गरौ !! भोली फेरी दोबाटो मा भिजाउनु छ यि परेली ! बियोग को चोट खप्ने सामना को कुरा गरौ !!