Follow

Wednesday, March 20, 2013

हातमा समाइ उनलाई खोला

हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिकाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाइ भनेयस्तै मौका पार्नुको मज्जा बेग्लै थियो

कुन्नी कता के के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धीत मार्नुको मज्जा बेग्लै थियो

खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्कै
लुगा निचोरेर पानी झार्नुको मज्जा बेग्लै थियो ।


By--Prakat Pageni Shiva.
Add to Cart

0 comments:

Post a Comment

thanks for comment

एका एक यो दिल मा बज्रपात परे पछी पिडा भुल्न लेख्छु गजल चोखो माया मरे पछी ।।