फूल जस्तो जवानी त्यो झुकाएर आयौ
यौवनको प्यासी मात चुकाएर आयौ
मदहोसी मै रसपान गरी अधरको
गुलाबी ओठको प्यास सुकाएर आयौ
चर्किएको छाती भित्र बल्झिएका ब्यथा
परेलिको डिल डिल लुकाएर आयौ
अस्तित्व पातमाथि भो इज्जतमा दागी
बेअर्थमा लाज सर्म फुकाएर आयौ
By--Prakat Pageni Shiva
Add to Cart
More Info
तिम्रो कशम तिम्रै लागि सीशा माथि नाची आएँ !
भोकाएकी बघिनी को खोर बाट बाँची आएँ !!
खोला तरे भिर झरे सिस्नो छोए काँडा टेकें !
बाटो छेक्ने लहरा र काउसो हाँगा भाची आएँ !!
पिरती को नशा चढ्दा दाँया बाँया केही देखिन्न !
भर्भराउदो आगो हेर छाती माथि टाँसी आएँ !!
तिम्रो माया ठुलो होकी बाधा अड्चन कस्ट ठुलो !
दुबै लाई कशी लगाइ निस्पक्ष भै जाँची आएँ !!
सबै जोडी भन्नु पर्दा माया ठुलो रैछ अन्ना !
तिम्रो कशम त्यही माया लाई मुटु भरी साँची आएँ!!
By--Prakat Pageni Shiva
Add to Cart
More Info
हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो
वारिकाट पारिसम्म छोटो बाटो भए पनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो
भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाइ भनेयस्तै मौका पार्नुको मज्जा बेग्लै थियो
कुन्नी कता के के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धीत मार्नुको मज्जा बेग्लै थियो
खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्कै
लुगा निचोरेर पानी झार्नुको मज्जा बेग्लै थियो ।
By--Prakat Pageni Shiva.
Add to Cart
More Info
जुनेली को रात छ अन्ना भावना को कुरा गरौ !
सम्झाउने र बिर्साउने चाहनाको कुरा गरौ !!
भोली भेट हुन्छ हुन्न नियती ले कता लान्छ !
छुटे पनि फेरी भेट्ने कामना को कुरा गरौ !!
दुनियाँ मा प्रिय लाग्ने मात्र एउटा पिरती हो !
पिरती लाई बचाउने साधना को कुरा गरौ !!
शान्त शान्त एकान्त छ एकान्त मा हामी दुई !
यतै कतै छेल पारेर बासना को कुरा गरौ !!
भोली फेरी दोबाटो मा भिजाउनु छ यि परेली !
बियोग को चोट खप्ने सामना को कुरा गरौ !!
By-- प्रणयबेद का आदरणिय दाई : Prakat Pageni Shiva
Add to Cart
More Info
साँझ मा दियो बाली राखेउ को आउँदै छ आज !
हात का औंला चाली राखेउ को आउंदै छ आज !!
हिजो अस्ती उप्किएका घरका छेउ कुना !
बिहान देखी टाली राखेउ को आउंदै छ आज !!
एउटा फूल भगवान लाई टिपे भै हाल्थ्यो त !
सिंगै फूल को डाली राखेउ को आउंदै छ आज !!
अगर्बत्ती जलाएर तुलसी को मठ मा !
छेउमा पूजा थालि राखेउ को आउंदै छ आज !!
चिरी च्याट्ट सजियर श्रिंगार पटार गरी !
सिर को सिउँदो खाली राखेउ को आउंदै छ आज !!
By--Prakat Pageni Shiva
Add to Cart
More Info
उठ्यो रिमाइ फेवा ताल मा छाल साँझ पख !
हान्यो रिमाइ माझी दाई ले जाल साँझ पख !!
त्यही जाल मा जेलिएर निस्किन मत्स्य गन्द !
भेटे रिमाइ जाल भित्र माल साँझ पख !!
के हेरेथिन एकै नजर मन मा लाग्यो बाण !
भन्नु होला म त रिमाइ बेहाल साँझ पख !!
बान्कि उनको रुप उनको हिस्सी उनको देख्दा !
सत्य रिमाइ निको थेन चाल साँझ पख !!
हात माग्दा हात दियिन चुप्पा माग्दा चुप्पा !
कामाग्नी ले जल्यो रिमाइ ताल साँझ पख !!
By--Prakat Pageni Shiva
Add to Cart
More Info
किन अहिल्यै हतारिन्छौ बसौला नि भरे राती !
दुबै ज्यान ले दुबै लाई कसौला नि भरे !!
राती साँझ पख पिउने बेला आयेउ एक्लै एकान्त मा !
यि ओठ ले ति ओठ लाई डसौला नि भरे राती !!
पहिलो चरण स्वागत मा औंला हरु चुम्न देउ !
दोश्रो चरण अँगालो मा कसौला नि भरे राती !!
अहिले मलाई पिउन देउ मस्त मस्त नशालु भै !
जे जे घस्नु पर्छ चिल्लो घसौला नि भरे राती !!
बाहिर जुन को जुनेलीमा बसौ एकछिन बात मार्दै !
पख पख कोठा भित्र पसौला नि भरे राती !!
Add to Cart
More Info