तिम्रो कशम तिम्रै लागि सीशा माथि नाची आएँ ! भोकाएकी बघिनी को खोर बाट बाँची आएँ !! खोला तरे भिर झरे सिस्नो छोए काँडा टेकें ! बाटो छेक्ने लहरा र काउसो हाँगा भाची आएँ !! पिरती को नशा चढ्दा दाँया बाँया केही देखिन्न ! भर्भराउदो आगो हेर छाती माथि टाँसी आएँ !! तिम्रो माया ठुलो होकी बाधा अड्चन कस्ट ठुलो ! दुबै लाई कशी लगाइ निस्पक्ष भै जाँची आएँ !! सबै जोडी भन्नु पर्दा माया ठुलो रैछ अन्ना ! तिम्रो कशम त्यही माया लाई मुटु भरी साँची आएँ!!
जुनेली को रात छ अन्ना भावना को कुरा गरौ ! सम्झाउने र बिर्साउने चाहनाको कुरा गरौ !! भोली भेट हुन्छ हुन्न नियती ले कता लान्छ ! छुटे पनि फेरी भेट्ने कामना को कुरा गरौ !! दुनियाँ मा प्रिय लाग्ने मात्र एउटा पिरती हो ! पिरती लाई बचाउने साधना को कुरा गरौ !! शान्त शान्त एकान्त छ एकान्त मा हामी दुई ! यतै कतै छेल पारेर बासना को कुरा गरौ !! भोली फेरी दोबाटो मा भिजाउनु छ यि परेली ! बियोग को चोट खप्ने सामना को कुरा गरौ !!
साँझ मा दियो बाली राखेउ को आउँदै छ आज ! हात का औंला चाली राखेउ को आउंदै छ आज !! हिजो अस्ती उप्किएका घरका छेउ कुना ! बिहान देखी टाली राखेउ को आउंदै छ आज !! एउटा फूल भगवान लाई टिपे भै हाल्थ्यो त ! सिंगै फूल को डाली राखेउ को आउंदै छ आज !! अगर्बत्ती जलाएर तुलसी को मठ मा ! छेउमा पूजा थालि राखेउ को आउंदै छ आज !! चिरी च्याट्ट सजियर श्रिंगार पटार गरी ! सिर को सिउँदो खाली राखेउ को आउंदै छ आज !!
उठ्यो रिमाइ फेवा ताल मा छाल साँझ पख ! हान्यो रिमाइ माझी दाई ले जाल साँझ पख !! त्यही जाल मा जेलिएर निस्किन मत्स्य गन्द ! भेटे रिमाइ जाल भित्र माल साँझ पख !! के हेरेथिन एकै नजर मन मा लाग्यो बाण ! भन्नु होला म त रिमाइ बेहाल साँझ पख !! बान्कि उनको रुप उनको हिस्सी उनको देख्दा ! सत्य रिमाइ निको थेन चाल साँझ पख !! हात माग्दा हात दियिन चुप्पा माग्दा चुप्पा ! कामाग्नी ले जल्यो रिमाइ ताल साँझ पख !!